सजिलै तौल घटाउने  विधी

 

असार १३, काठमाडौँ   —  आधुनिकतासगैँ मोटोपन भएका मानिसहरुको संख्या दिनदिनै बढ्दो छ । आवश्यकता भन्दा धेरै मोटो हुनु स्वास्थ्यको लागि राम्रो होइन ।मोटोपनकै कारण हामीलाई विभिन्न रोगहरु पनि देखा परिरहेका हुन्छन् ।

तौल यसरी घटाउन सकिन्छ ः

पहिला तपाईँको तौल कति छ ? थाहा पाउनुहोस् ।
सबै तौल सुरुकै अवस्थामा घटाउन सकिन्न र मिल्दैन पनि । वैज्ञानिकको आधार हेर्ने हो भने एक वर्षमा १० देखि १५ किलो तौल मात्रै घटाउनु पर्ने हुन्छ ।
एक महिनामा एक किलो मात्र तौल घटाउने योजना बनाउनुहोस् ।
अनावश्यक खानपानलाई जस्तैः चिया, मिठाई, केक, बिस्कुट, मदिराजस्ता खानेकुरा त्यागी दिनोस् ।
साहकारी खानेकुराहरुमा क्यालोरी कम हुन्छ । यस्ता खानाहरुमा फाइवर पाइन्छ जसले तौल नियन्त्रणमा मद्धत गर्छ ।
सलाद, फलफूल, सागपातमा जोड दिनुपर्छ ।
हप्ता या १० दिनमा एक पटक मात्रै मासुजन्य खानेकुराहरु खादा मोटोपन घटाउन सकिन्छ ।
शारीरिक व्यायाममा ध्यान दिनुपर्छ ।

के तपाईलाई थाहा छ ?
बढी भएको तौलले ५ देखि १० वर्षमा शरीरमा मधुमेह, ब्लड प्रेसर , क्लोस्टोर र मुटुमा समस्या निम्त्याउन सक्छ ।
१०–२० वर्षपछि मस्तिष्क, कलेजो, पेट,फोक्सो र क्यान्सर समेत निम्त्याउन सक्छ । जति लामो समयसम्म बढी तौल लिएर बस्यो त्यति धेरै रोग लाग्ने सम्भावना रहन्छ ।
यदि तपाईँको बढी भएको तौल ५ देखि १० प्रतिशत घटाउन सक्नुभयो भने मधुमेह,उच्च रक्तचाप जस्ता रोगहरु लाग्ने सम्भावना कम हुन्छ ।