बम राखिएको इमेल प्राप्त भएपछि भारतीय विमान ब्रिटेनमा अवतरण

असार १३,एजेन्सी  —  भारतीय वायुसेवा एअर इन्डियाको एक यात्रुवाहक विमानलाई लन्डन नजिकै स्ट्यान्स्टेड विमानस्थलमा अवतरण गराइएको छ।

सो विमानमा बमको खतरा भएको सूचना प्राप्त भएपछि सावधानी अपनाउँदै रोयल एअरफोर्सका टाइफुन लडाकु जेटहरूको सुरक्षा घेरामा आपत्कालीन अवतरण गराइएको ब्रिटेनको रक्षा मन्त्रालय जनाएको छ ।

एअर इन्डियाको एआई१९१ विमान भारतको मुम्बईबाट अमेरिकाको नेवार्कतर्फ उडेको थियो।
एअर इन्डियाका अनुसार मुम्बई विमानस्थलमा त्यो विमानमा बम राखिएको चेतावनी एउटा इमेलमा प्राप्त भएको थियो।

त्यो विमानमा बमको खतरा भएको भन्दै एअर इन्डियाले एउटा ट्वीट गरेको थियो । तर त्यो पछि हटाइयो।

सो विमान सेवाले रोएटर्स समाचारसंस्थालाई बमको झूटो चेतावनी दिइएको बताएको छ।