लोकतन्त्रमाथि प्रहार गरिरहे सरकार ढालिदिन्छौ ः देउवा

असार १३, काठमाडौँ – विपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रमाथि प्रहार गरिरहे सरकार ढालिदिने चेतावनी दिएका छन् ।
उनले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रतामाथि नै प्रहार हुने गरी सरकारले ल्याएको विधेयकहरु कुनै पनि परिस्थीतीमा पारित हुन नदिने बताए ।
पार्टी निकट स्थानीय तहका कर्मचारीहरुले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति देउवाले काँग्रेसले प्रजातान्त्रिक अधिकारका लागि राणा, पञ्चायत र राजतन्त्रलाई अन्त्य गरेको स्मरण गराउदै भोलि र्पयो भने केपी ओली नेतृत्वको सरकारलाई पनि ढाल्न सकने दावी गरे ।
सो अवसरमा देउवाले वर्षौदेखि स्थानीय तहमा काम गर्दैै आएका अस्थायी कर्मचारीहरुलाई स्वतः स्थायी गर्न दवाव दिए ।
कार्यक्रममा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले वाईडबडी विमान काण्डमा भएको भ्रष्टाचार छानवीन गरी दोषीमाथि कडा कार्वाही गर्न सरकारलाई माग गरे । नेता पौडेलले राजनीतिक पूर्वाग्रह साँधेर कर्मचारीमाथि भेदभावको नीति नलिन सरकारलाई सचेत गराए ।