सामान्य प्रशासन मन्त्रालय ः तीन दिनभित्र जानकारी गराउ

असार ११, काठमाडौँ– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असार १० भित्र बजेट पेश गरेका र नगरेकाहरुलाई तीन दिनभित्र मन्त्रालयमा जानकारी गराउन बुधबार सूचना जारी गर्दै निर्देशन दिएको छ ।

कतिपय स्थानीय तहमा नीति तथा कार्यक्रममा आएको विवाद, रकमको माग लगायतमा कुरा नमिल्दा समयमै नीति तथा कार्यक्रम र बजेट ल्याउन नसकेको बताइएको छ ।

अधिकाँश स्थानीय तहले नीति तथा कार्यक्रमसहितको बजेट असार १० गते भित्र ल्याउनुपर्ने बाध्यकारी व्यवस्थालाई कतिपय स्थानीय तहले वेवास्ता गरेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयले सबै स्थानीय तहलाई तोकिएको समय असार १० गतेभित्र बजेट पेस गर्न परिपत्र गरेका थिए ।

सामान्य प्रशासन मन्त्रालयले समयमा बजेट नल्याउने स्थानीय तहलाई अनुदान नदिने चेतावनी दिँदै आएको छ ।

बजेट सभाबाट स्वीकृत भएपछि मात्र स्थानीय तहले खर्च गर्न सक्ने अधिकार जनप्रतिनिधिलाई हुन्छ ।