हाम्रो शरीरसम्बन्धी १५ रोचक तथ्यहरु

असार ११, काठमाडौं —

के तपाईलाई थाहा छ ?

शरीरमा फ्याट सेल अरूको भन्दा धेरै भएको कारण कुनै कुनै व्यक्ति चाहेर पनि तौल कम गर्न सक्दैनन् ।

हाम्रो दिमागलाई शरीरको २० प्रतिशत अक्सिजन आवश्यक पर्छ । शरीरको कुल वजनको दुई प्रतिशत मात्र भार दिमागको भएपनि अक्सिजनकै अनुपातमा दिमागलाई क्यालोरीको पनि आवश्यकता पर्छ ।

खुट्टामा तागत झटपट ल्याउन काँचो लसुन खानुहोस् ।

मह रक्सीको ह्यांगओभर हटाउन निकै प्रभावकारी मानिन्छ ।

गर्मीमा तपाईंको शरीरले करीब तीन ग्यालन पसिना बगाउँछ ।

दाँत चम्किलो पार्नका लागी बेकिङ सोडाको प्रयोग गर्नुपर्छ ।

यदि तपाई दिनमा आधी घन्टा मात्र हिँड्नुभयो भने हृदयघातको खतरा ६० प्रतिशतले कम हुन्छ ।

विश्वमा १०० मध्ये पाँच जना बच्चालाई रक्तचापको समस्या छ ।

खानाको नशा लागूऔषधको नशा जस्तै हुन्छ । यसले तपाईंको दिमागलाई बारम्बार खानातर्फ लग्छ र खाना खाँदा यसैकारण दिमाग एकदमै सक्रिय हुन्छ ।

कसरत गर्नाले महिलालाई क्यान्सरको सम्भावना एकदमै कम हुदै जान्छ तर पर्याप्त निद्रा पनि पु–याउनुपर्छ ।

गर्भमा छँदा शिशुले पाएको भोजनको मात्रामा मानिस मोटो वा पातलोको निर्धारण गर्छ ।

संसारमा पहिले मानिसहरु काला र गहुँगोरा मात्र हुन्थे । बीस हजार वर्षअघि मात्र गोराहरू थिएनन् ।

फल र तरकारी खाँदा यसले शरीरमा रोग प्रतिरोद्यात्मक क्षमता बढाउँछ किनकी फल र तरकारी खाँदा एकखाले अम्ल उत्पन्न हुन्छ ।

एजेन्सीको सहयोगमा