मकवानपुर बर्डफ्लु मुक्त सुचिमा

असार ११, काठमाडौं —मकवानपुरलाई बर्डफ्लु रोग संकटग्रस्त क्षेत्र फुकुवा भएको घोषणा गरिएको छ ।
बर्डफ्लु लागेका कुखुरा मारिएसँगै करिब साढे तीन महिनाको निरीक्षण पश्चात् मकवानपुरलाई बर्डफ्लु संकटग्रस्त क्षेत्र फुकुवा भएको घोषणा गरिएको हो । कृषि तथा पशुपछी विकास मन्त्रालय पशुसेवा विभागले हेटौंडा–७, नागस्वती क्षेत्रलाई बर्डफ्लु संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो ।
पशुपछी विकास मन्त्रालयको पत्र अनुसार बर्डफ्लु रोग संकटग्रस्त क्षेत्र फुकुवा सम्बन्धमा मन्त्रिस्तरको असार ९ को निर्णय अनुसार हेटौंडा–७, नागस्वतीमा फागुन २७ मा घोषणा भएको बर्डफ्लु रोग संकटग्रस्त क्षेत्र फुकुवा भएको भनिएको छ ।