निगम ऋणमा —२ अर्ब ९६ करोड बुझाउन बाँकी

असार ११, काठमाडौं — कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषले एयरबस कम्पनीका चारवटा जेट विमान खरिदका लागि गरेको ३२ अर्ब ऋण लगानीको किस्ता नेपाल वायुसेवा निगमले तिर्न सकेको छैन ।
निगमले दुवै कोषलाई तीन महिने किस्ताअन्तर्गत असार, असोज, पुस र चैतमा १ अर्ब १३ करोडका दरले चार किस्तामा ४ अर्ब ५२ करोड रकम तिर्नुपर्छ । पुषयता निगमले यी दुवै निकायलाई किस्ताबापत २ अर्ब ९६ करोड रुपैयाँ तिर्न नसकेको हो ।
निगमको अर्थ विभागले असार मसान्तभित्र बुझाउनुपर्ने किस्ता पनि तिर्न नसकिने जनाएको छ ।