‘गलबन्दी’ विरुद्ध मुद्धा

 

असार ९, काठमाडौं — गत जेठ ११ गते यट्युब च्यानलमा सार्वजनिक गरिएको गीत ‘गलबन्दी’ विरुद्ध प्रतिलिपी अधिकार रजिष्ट्रार कार्यालयमा मुद्धा दायर भएको छ ।

शम्भु राईले सहमतिको लागी प्रयास गरेपनि सहमति हुन नसकेपछि मुद्धा दायर गरेको बताएका छन् ।

कम समयमा युट्युबमा धेरै पटक हेरिएको सो भाकालाई प्रकाश सपुतले शम्भु राईको आफ्नो गीत ‘आऊ नाचौं साथी हो’को कपी गरेको आरोप लगाएका छन् ।

गीतका सर्जक शम्भु राईले आफ्नो गीतको कपी गरेर ’गलबन्दी’ का गायक तथा सर्जक प्रकाश सपुतले बजारमा ल्याएको भन्दै क्षतिपूर्ति माग दावी गर्दै मुद्धा दायर गरेका हुन् ।

गलबन्दीलाई प्रकाश सपुत र शान्ति श्री परियारले गाएका छन् । शब्द, सङ्गीत र भिडियो निर्देशन पनि सपुतकै रहेको छ । म्युजिक भिडियोमा सपुत र अञ्जली अधिकारीको अभिनय रहेको छ । गीतको छायाङ्कन सपुतकै जन्मघर रहेको बागलुङको धम्जामा गरिएको छ ।

परम्परागत रोधीको झल्को आउने गलबन्दीमा मौलिक शब्द, सङ्गीत र प्रस्तुतिकरणका कारण धेरै रुचाइएकोे म्युजिक भिडियोले युट्युबमा डेढ करोड बढी ‘भ्युअर्स’ कमाएको छ ।