सरकारको प्राथमिकता सुरुङ मार्ग, अध्ययनको लागि मात्रै ५९ करोड

 

असार ९, काठमाडौं —  सरकारले सुरुङ मार्गलाई प्राथमिकतामा राखेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले बताएका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा उनले सरकारले सुरुङ मार्गको अध्ययनका लागि मात्रै ५९ करोड रुपैयाँ छुट्याईएको जानकारी गराए ।

विनियोजन विधेयक अन्तर्गत भौतिक पूर्वाधार तथा यातायात शीर्षक माथिको छलफलका क्रममा बोल्दै मन्त्री महासेठले पानी जहाजका लागि सोही अनुसार बजेट राखिएको, बाहिरी चक्रपथको डिपिआर निर्माणका लागि ४ करोड रुपैयाँ छुट्याईएको जानकारी गराए ।

अन्य क्षेत्रगत रुपमा निर्माण रोकिएका सडक र पुल निर्माणको कामलाई यथासंभव छिटो सम्पन्न गराउने तर्फ मन्त्रालय गम्भीर रहेको बताउदै पुराना आयोजना छुटेका भए समावेश गरिने प्रतिवद्धता व्यतm गरे ।