पाँचवटै खेलमा पराजित अफगानिस्तान भारतसँग विश्वकपमा प्रतिस्पधा गर्दै

अषाढ ७ काठमाडौं – पाँचै खेल हारेको अफगानिस्तानले अब कठिन प्रतिस्पर्धी भारतसँग एकदिवशीय विश्वकप क्रिकेट खेल्दैछ।

साउथह्याम्प्टनको बल मैदानमा शनिबार दिउँसो सवा ३ बजेदेखि ह्याम्प्सायर सुरु हुदैछ । यस मैदानमा अहिलेसम्म दोस्रो ब्याटिङ गर्ने टिमले अधिकांश खेल जितेको छ ।

अहिलेसम्म भारतको उत्कृष्ट प्रदर्शन रहदै आएको छ । बलर र फिल्डिङमा पनि भारतको प्रदर्शन उत्कृष्ट नै रहेको छ ।

अफगानिस्तानका यसअघि सबै खेलमा ब्याटिङ, बलिङ र फिल्डिङमा कमजोर रहदै आएको छ । इंग्ल्याण्डबिरुद्धको पछिल्लो खेलमा उसले ३ सय ९८ रनको लक्ष्य पछ्याउनुपरेको थियो । जुन विश्वकप इतिहासमै सर्बा्धिक योगफल हो ।

त्यसमा अफगानिस्तानले पूरै ५० ओभर ब्याटिङ गरेपनि १५० रनले हारेको थियो ।