नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) छली गर्ने विरुद्ध मुद्धा दर्ता

अषाढ ७ काठमाडौं – नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिलबाट कारोबार गरी राजस्व छली गर्ने्विरुद्ध मुद्धा दर्ता गरिएको छ ।

सरकारले कम्पनी दर्ता गरेर नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिलबाट कारोबार गरी राजस्व छली गर्ने्विरुद्ध करिब तीन अर्ब रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरेको हो ।

सुनसरी इनरुवा–९ घर भई भक्तपुर ठिमी बस्ने गोपालप्रसाद भट्टराई, रिम्बरध्वज कार्कीसहित १५ जनाविरुद्ध झुट्टा तथा नक्कली बिजक तयार गरी राजस्व छलेको अभियोगमा शुक्रबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ ।

दुई अर्ब ९८ करोड ५७ लाख रुपैयाँ बिगो कायम गरी तीन वर्ष कैद र बिगोको दुई गुणा जरिवाना माग दाबी गरिएको राजस्व अनुसन्धान विभागले दायर गरेको अभियोगपत्रमा उल्ल्ेख छ ।