जनविद्रोहको लागि तयार हुन आफ्ना कार्यकर्तालाई मोहन वैद्य (किरण)को निर्देशन

अषाढ ७ मकवानपुर – नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) जनविद्रोहको लागि तयार भएको बताएको भएको छ ।

(क्रान्तिकारी माओवादी) नेतृत्वका महासचिव मोहन वैद्य (किरण) ले जनताले चाहेको भन्दै अर्को जनविद्रोहको लागि तयार हुन आफ्ना कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

पार्टीको संगठन क्रान्तिकारी युवा लिग नेपालको प्रथम राष्ट्रिय सम्मेलनको शुक्रबार हेटौंडामा उद्घाटनका क्रममा उनले क्रान्ति र शान्ति पुरा नभएकोले जनविद्रोहको विकल्प छैन भने ।

काठमाडौंमा भईरहेको आन्दोलनलाई उदृत गर्दै नेता वैद्यले स्थायी सरकार स्थिर हुन नसकेको दुई तिहाई मत ल्याएको सरकारले जनतालाई धोका दिएको आरोप लगाए।

भारतले नेपालको भुमी मिच्ने काम नरोकिएको भन्दै र जनतन्त्र र जनजिविकाको अवस्था गम्भीर छ उनले भने,
“पुरानो सत्ताको बिरुद्ध लडेको नेत्रविक्रम चन्द विप्लव समूहलाई प्रतिबन्ध गरी सरकारले कार्यकर्ता मार्न थालेको छ”

उनले कुनैपनि पार्टीलाई प्रतिबन्ध गर्ने अधिकार सरकारलाई नरहेको समेत जिकिर गरे ।
भोजपुरपछि सर्लाहीमा भएको घटनाप्रति आक्रोश पोख्दै उनले सरकार लोकतन्त्रको नारा लगाउँदै अधिनायकवाद र फाँसीवादतर्फ उन्मुख भएको बताए ।

क्रान्तिकारी युवा लिग नेपालको प्रथम राष्ट्रिय सम्मेलनमा ७७ जिल्लाबाट करिब तीन सय प्रतिनिधि, पर्यवेक्षकहरु उपस्थित थिए ।