अष्ट्रेलियासँग बंगलादेश ४८ रनले पराजित

अषाढ ६, काठमाडौं – बिहीबार विश्वकप क्रिकेट खेलमा अष्ट्रेलियाले बंगलादेशलाई पराजित गरेको छ । अष्ट्रेलियाले बंगलादेशलाई ४८ रनले पराजित गरेको हो ।

३८२ रनको जीतको लक्ष्यमा बंगलादेशले ८ विकेटको क्षतिमा ३३३ रन बनाएको थियो । बंगलादेशका मुश्फिकर रहिमले ९७ बलमा ९ चौका र एक छक्का प्रहार गर्दै अविजित १०२ रन बनाएका थिए । जारी वर्ल्डकपमा उनको यो पहिलो शतक रह्यो ।

महम्मद उल्लाहको ६९ रन हुदाँ, मिम इक्बलले ६२ र सकिब अल हसनले ४१ रन बनाउन पुगे ।

मार्कुस स्टोइनिस, नाथन कउल्टर नाइल र मिचेल स्टार्कले बलिङतर्फ समान २–२ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाको उत्कृष्ट प्रदर्शनमा ५० ओभरमा ५ विकेटको क्षतिमा ३८१ रन बनाएको थियो । अष्ट्रेलियाको ठूलो स्कोर बनाउनमा डेभिड वार्नरले उत्कृष्ट प्रदर्शनमा १६६ रन बनायो । उनले १४७ बलको सामना सहित १४ चौका र पाँच छक्का प्रहार गरेका थिए ।

त्यस्तै उस्मान खवाजाले ८९ रन पुग्दा कप्तान एरोन फिन्चको ५३ र ग्लेन म्याक्श्वेलको ३२ रन भयो ।