कोपा अमेरिका फुटबलमा जापान र उरुग्वे बराबरी

अषाढ ६, काठमाडौं – कोपा अमेरिका फुटबलमा जापान र उरुग्वे बराबरीमा रोकिएका छन् । उरुग्वेसँग जापानको उत्कृष्ट खेलका कारण बराबरीमा रोकिएका हुन् ।

कोपा अमेरिका फुटबलको समूह ‘सी’ मा शुक्रबारको खेलमा जापानले उरुग्वेलाई २–२ गोलको बराबरीमा रोक्न सफल भएको हो । उरुग्वेलाई हराउन सफल भएको भए जापानको नयाँ इतिहास कायम हुने थियो ।

खेलको २५औं मिनेटमा कोजी मियोसीले गोल गर्दै जापान अगाडी बढेको भएपनि जीत चाही हुन सकेन । तर खेलको ३२औं मिनेटमा उरुग्वेले पेनाल्टी पाएपछि लुइस स्वारेजले गोल गरेका थिए ।

पहिलो हाफसम्म १–१ को बराबरी भएको खेलमा जापानले दोस्रो हाफको ५९औं मिनेटमा जापानका मियोसीले फेरी गोल गरेपछि जापानले उरुग्वेलाई २ गोल गरेको थियो ।

तर खेलको ६६औं मिनेटमा उरुग्वेका तर्फबाट जोस जिमिनेजले गोल गरेपछि बराबरीमा पुुगेका थिए । बाँकी समयमा दुवै टिमको गोल हुन सकेन ।