मन्त्रिपरिषद् पुनर्गठन गर्न सकिने : नेकपाका अध्यक्ष प्रचण्ड

अषाढ ६, काठमाडौं – मन्त्रिपरिषद् पुनर्गठन सम्बन्धी कसरत चलिरहेको नेकपाका एक शिर्ष नेताले बताएका छन् ।

आवश्यक परेको वेला मन्त्रिपरिषद् पुनर्गठन गर्न सकिने भन्दै विहिवार पोखराको एक कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका हुन् ।

प्रधानमन्त्रीको क्षेत्राधिकार भएकाले नेकपाका अध्यक्ष प्रचण्डले, आफु पनि अध्यक्ष भएकाले बजेटपछि सरकार पुनर्गठन हुने विषयमा प्रधानमन्त्रीसँग छलफल भएको बताए ।

काठमाडौं फर्किएलगत्तै पुन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्माओलीसँग छलफल ठोस निर्णयमा पुग्नेछौ, उनले भने ।

त्यसैगरी प्रचण्डले पार्टी एकताको बाँकी कामलाई पुरा गर्न पनि आफूहरु दुईजनावीच कुराकानी भइरहेकोमा जोड दिए ।