प्रधानमन्त्रीकै कार्यक्रममा २४ करोड ८० लाख भ्रष्टाचार

अषाढ ६, काठमाडौं – प्रधानमन्त्रीकै कार्यक्रममा भ्रष्टाचार गर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्ण सहित १३ जनालाई मुद्दा दर्ता गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्रीकै कार्यक्रममा भ्रष्टाचार भएको भेटिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्ण सहित १३ जनालाई विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत चारवटा प्रयोगशाला मोबाइल भ्यान खरिद गर्दा भ्रष्टाचार भएको पाइएको छ ।
खरिदमा दुई पटक गरी २४ करोड ८० लाख ९५ हजार हजार एक सय १६ रुपैयाँ हिनामिना गरेको अख्तियारको दावी छ ।

विभागका महानिर्देशक कर्ण, वरिष्ठ खाद्य अनुसन्धान अधिकृत पूर्णचन्द्र वस्ती, लेखापाल रविता श्रेष्ठ, नायब सुब्बा गुरुदत्त गौतम, शाखा अधिकृत भागिरथ आचार्य, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना व्यवस्थापन इकाई खुमलटारका उपसचिव (लेखा) गणेशप्रसाद चालिसेविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा चलाएको हो ।

त्यस्तै चलाइएकाहरुमा मुद्धा लेखापाल बालाराम पोख्रेल, तत्कालीन परियोजना निर्देशक नरहरिप्रसाद घिमिरे, वरिष्ठ कृषि इन्जिनियर सरोज अधिकारी, वरिष्ठ योजना अधिकृत तिलकराज चौलागाई, परियोजना निर्देशक लक्ष्मणप्रसाद पौडेल र वरिष्ठ अनुगमन मूल्याङ्कन अधिकृत इन्द्रहरि पौडेल र सप्लायर्स प्रुडेन्ट मेडिटेक इन्टरनेसनलका प्रतिनिधि प्रविण कुँवर रहेका छन् ।