सरकारले ट्याक्सी सम्वन्धि नयाँ मापदण्ड बनाउदै

असार ४, काठमाडौं — भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले परम्परागत खालका ट्याक्सी हटाउने योजना अघि सारेको छ । यातायात मन्त्रालयले न्यूनतम् १२ सय सीसीको ट्याक्सी मात्रै चलाउन पाउने मापदण्ड सहितको प्रस्ताव अघि सारेको हो ।

लामो समय भए पनि पारित हुन नसकेको मापदण्ड मन्त्रिपरिषदमा पुगेको छ । सरकारले नयाँ मापदण्ड अनुसार नर्मल, डिलक्स र सुपर डिलक्स गरी तीन प्रकारमा वर्गीकरण गरेरै दर्ता गर्ने प्रस्ताव गरेको छ ।

फरक–फरक क्षमता र विशेषताका ट्याक्सीका लागि भाडादर फरक–फरक कायम गर्नेगरी मापदण्ड लागु गर्न लागेको होे ।त्यसैगरी भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले विद्युतीय ट्याक्सीका विषयमा पनि चासो देखाएको छ ।

ट्याक्सीको नयाँ मापदण्ड सम्वन्धि यातायात व्यवस्था विभागले तयार गरेको मस्यौदा मन्त्रालयमा पठाई भौतिक पूर्वाधार मन्त्रालयले आवश्यक समीक्षा गरेर मन्त्रिपरिषदमा पेश गरेको हो ।