गैरआवासीय नेपाली संघ (एनआरएन) को महिला संयोजकमा संगिता मरहट्टाको उम्मेदवारी

असार ४, काठमाडौं — गैरआवासीय नेपाली संघ (एनआरएन) को महिला संयोजकमा संगिता मरहट्टाको उम्मेदवारी रहने भएको छ ।
आउदो अक्टोबर १३ देखि १६ सम्म काठमाडौंमा हुन लागेको एनआरएनको नवौं विश्वसम्मेलन तथा महाधिवेसनमा महिला संयोजकको पदका लागि मरहट्ठाले उम्मेदवारी दिने भएकी हुन् ।

मिडियाकर्मी तथा एनआरएन अभियन्ता संगिता मरहट्टा अहिले एनआरएन युरोप क्षेत्रिय महिला उपसंयोजक पनि रहेकी छिन् । मरहट्ठासँग एनआरएन बेलायतको सचिव, महिला संयोजक लगायतका महत्वपुर्ण पदको जिम्वेवारी सम्हालेको अनुभव छ ।

एनआरएन यूकेको महिला संयोजकका तर्फबाट उनले पहिलोपटक बेलायतमा एनआरएनको तर्फबाट नारी दिवस मनाउन सुरु गरेकी थिईन् ।

महिला संयोजकको जिम्मेवारी पाउन सके महिलाको सीप र क्षमता उजागर गरी र उद्यमशिल र आत्मनिर्भर बनाउन प्रोत्साहन गर्ने उनको लक्ष्य रहेको छ ।

१८ वर्षदेखि बेलायतमा रहेर एनआरएनको स्थापना कालदेखी जोडिएकी छिन् उनी ।

लण्डनमा सफल व्यवसायीको रुपमा स्थापित उनी पत्रकारिताको क्षेत्रमा समेत क्रियाशिल छिन् । बेलायतको वेस्टमिन्स्टर विश्वविद्यालयबाट पत्रकारितामा मास्टर्स गरेकी मरहट्ठाले नेपालमा पत्रकारिता र अंग्रेजी साहित्यमा स्नातक गरेकी थिइन् ।

बेलायतको कार्डिफ विश्वविद्यालयबाट रेडियो डिप्लोमा समेत पूरा गरेकी उनले बिबिसी नेपाली सेवा, रेडियो सगरमाथा लगायतका प्रतिष्ठित मिडियामा काम गरिसकेकी छिन् ।