संस्कृतिमा धक्का लागे गुठी विधेयक परिमार्जन हुन्छ —प्रधानमन्त्री

असार १, काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयकले परिमाजैन गर्न सकिने बताएका छन् ।

एकसाता युरोप भ्रमणपछि आइतबार बिहान स्वदेश आइपुगेका प्रधानमन्त्री ओलीले संस्कृतिमा केही धक्का पुगेको भए सुधार गर्न सरकार तयार रहेको पनि बताए ।

उनले भने, ‘यो जनताको सरकार हो र उनीहरुकै इच्छा र चाहना अनुसार काम हुन्छ । जनतालाई हामी भगवान मान्छौँ । कुनै पनि काम सतप्रतिशत हुँदैन, सुधार गर्नु पर्ने भए सरकार त्यसका लागि तयार छ ।’

प्रधानमन्त्री ओलीले सरकारले सांस्कृतिक कलाको संरक्षण गर्ने बताए । उनले भने, ‘म आइसकेको छु, सबै कुरा हेरिने छ। रीतिरिवाज र धर्म तथा संस्कृतिका कुरामा जानेर–नजानेर कमजोरी भएको रहेछ भने सच्याउन तयार हुनेछौँ । प्रधानमन्त्री ओली गएको जेठ २५ गते युरोप भ्रमणमा गएका थिए ।