प्रधानमन्त्रीलाई कालो झन्डा देखाउन खोज्ने तरुण दलका सचिव पक्राउ

असार १, काठमाडौं — युरोप भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिमानस्थलमा कालो झण्डा देखाउन खोज्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपाली कांग्रेसको भातृ संगठन काठमाडौंका सचिव दिनेशविक्रम शाह र अर्का एक जना रहेका छन् ।
उनीहरुलाई कालो झण्डासहित विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका दुबै जनालाई तीनकुनेस्थित प्रहरी कार्यालयमा राखिएको छ।