गुठी विधेयक पास हुन नदिने देउवाको भनाई

जेठ ३१, काठमाडौं — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याउन लागेको गुठी सम्बन्धी बिधेयक पास हुन नदिने बताएका छन् ।
हेटौंडामा नेपाल साँस्कृतिक संघको प्रशिक्षण भेलालाई सबोधन पार्टी सभापति देउवाले गुठी नेपालको साँस्कृतिक सभ्यता भएको बताउँदै जनताको कांग्रेस जनताको पक्षमा लाग्ने र सांसदबाट पास हुन बताएका छन् ।
उनने भने, ‘एउटा स्वतन्त्र सँस्थालाई अंकुश लगाउनका लागि सरकारले बिधेयक ल्याउँदै छ । कांग्रेस कहिले पनि त्यसको पक्षमा रहँदैन ।’
सरकारले कानुनी राज्यको महशुस जनतालाई दिन नसक्दा हरेक दिन अपराध बढ्दै गएको उनले बताए ।