एक दिने आईसीसी विश्वकप खेलमा इङ्ल्यान्ड विजयी

जेठ ३२ , लन्डन- एक दिने आईसीसी विश्वकप खेलमा इङ्ल्यान्डले जीतेको छ ।

साउथह्याम्पटनस्थित रोज बल रंगशालामा वेस्ट इन्डिजलाई आठ विकेटले पराजित गर्दै आयोजक इङ्ल्यान्डले एक दिने आईसीसी विश्वकपमा तेस्रो पटक विजयी भएको हो ।

इङ्ल्यान्डले ३३.१ ओभरमा दुई विकेटको क्षतिमा दुई सय १३ रन सहित जित हात पारेको हो । जोए रुटको ब्याटिङ र बलिङ दुवै राम्रो खेलका कारण इङ्ल्यान्डलाई जित हात लाग्यो ।

जारी विश्वकपमा इङ्ल्यान्डले तेस्रो पटकको जित हो । पहिलो खेलमा दक्षिण अफ्रिकालाई हरायो । तर दोस्रो खेलमा पाकिस्तानसँग १४ रनले हार सहनुपर्यो । तेस्रो खेलमा इङ्ल्यान्डले बंगलादेशलाई एक सय ६ रनले हराएको थियो। इङ्ल्यान्डले चार खेलबाट ६ अंक जोडेको छ र अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

यसैगरी पहिलो खेलमा पाकिस्तानलाई सात विकेटले हराएको वेस्ट इन्डिज दोस्रो खेलमा अस्ट्रेलियासँग १५ रनले हार्यो । वेस्ट इन्डिज र दक्षिण अफ्रिकाबीचको तेस्रो खेल भने पानी परेर रद्द भएपछि एक(एक अंक बाँड्न बाध्य भएका थिए । छैटौं स्थानमा रहेको वेस्ट इन्डिज चार खेलबाट तीन अंक बनाएको छ ।