गुठी जग्गामा मोहियानी हक पाउनुपर्ने व्यवस्थाको माग

जेठ ३१, भक्तपुर —गुठी जग्गामा मोहियानी हक पाउनुपर्ने व्यवस्था गुठी विधेयकमा हुनुपर्ने आवाज उठाइएको छ ।

विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा ख्वप मावि र ख्वप कलेजको संयुक्त आयोजनामा आर्थिक विकासमा व्यवस्थापनको भूमिका विषयक कार्याक्रममा यस्तो आवाज उठेको हो ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले शुक्रबारदेखि भक्तपुरमा सुरु भएको दुईदिने राष्टिय सम्मेलनको उदघाटन गर्दै जग्गा–जमिनहरु सामन्तवादी समाजको महवपूर्ण आम्दानीको स्रोत भएको बताए ।

सामन्तवाद जमिनको आम्दानीबाट चल्ने समाज भएकाले जग्गाबाट उठेका कर जनताकै लागि खर्च हुनुपर्ने उनको जोड छ ।
आर्थिक समृद्धिको नाराले मात्र देश विकास नहुने बताउँदै विजुक्छेले देशलाई समृद्धिको बाटोमा लैजान आर्थिक गतिविधिहरू वढाउनुको विकल्प नभएको उनको तर्क छ ।