चितवनकी एक युवती नारायणीमा हाम फालिन

जेठ ३१, चितवन — चितवनकी एक युवती स्कुटरबाट ओर्लेर नारायणीमा हाम फालेकी छिन् ।

दाईको स्कुटरमा पछाडि बसेर आएकी पूर्वी चितवनको राप्ती नगरपालिकास्थित वीरेन्द्रनगरकी २१ वर्षीया कविता सापकोटा स्कुटरबाट झरेर नारायणीमा हाम फालेकी हुन् ।

युवती पुलको रेलिङ चढेर नदीमा हाम फालेकी देख्नेहरुले बताएका छन् । नदीमा हराएकी उनको खोजी भइरहेको छ ।

दाजुको स्कुटर चढेर नारायणगढ तर्फ आउँदै गरेका उनीहरु दुई जना मावली घर रजहरबाट फर्किदै थिए । कञ्चनपुरको महेन्द्रनगर माईत भएकी सापकोटाको गत फागुनमा विहे भई चितवन आएकी थिइन् ।