जेसीबीले अटोरिक्सालाई ठक्कर दिँदा ३ को मृत्यू, ५ घाइते

जेठ ३१, काठमाडौं — कञ्चनपुरमा जेसीबीले अटोरिक्सालाई ठक्कर दिँदा तीन जनाको ज्यान गएको छ । पाँच जना घाईते भएका छन् ।

अटोरिक्सामा सवार एक महिला र दुई पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर बिष्टले बताए ।

मृतक मध्ये बझाङको देहमाण्डौंका २८ वर्षीय किसन बोहरा रहेका छन् । बाँकी दुई जनाको परिचय खुलेको छैन ।

गम्भीर घाईते एक जनाको थप उपचारका लागि भारत पठाइएको प्रहरी नायब निरीक्षक बिष्टले बताए । बाँकी चार जनाको महाकाली अञ्चल अस्पतालमा उपचार गराइएको छ ।

घाइतेहरु भीमदत्तनगरपालिका–१० का १८ वर्षीया जगदीश पार्की, बैतडी देहीमाडौँका ३२ वर्षीया लक्ष्मी बोहरा, उनका तीन वर्षीया छोरा निशान्त बोहरा, भीमदत्तनगरपालिका–११ का २६ वर्षीय प्रेम थापा र बेल्डाँडी गाउँपालिका–७ का २६ वर्षीय सन्तोष लुहार रहेका छन् ।
जेसिबी चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिकामा शुक्रबार बिहान सात बजे से १ त ७३३ नंको जेसिबीले मे १ घ ७६३ नंम्बरको को अटोरिक्सालाई ठक्कर दिएको थियो ।