विश्वकप क्रिकेटमा आज इंग्ल्यान्ड र वेष्ट इन्डिज भिड्दै

जेठ ३१, काठमाडौं — विश्वकप क्रिकेटमा आज इंग्ल्यान्ड र वेष्ट इन्डिज भिड्दैछन् ।

साउथह्याम्पटनमा दिउँसो सबा ३ बजे इंग्ल्यान्ड र वेष्ट इन्डिजबीच प्रतिस्पर्धा हुन लागेको हो ।
दुवै टिमले स्पष्ट जितको दाउमा छन् ।

पहिलो खेलमा दक्षिण अफ्रिकालाई १०४ रनले जितेको इंग्ल्यान्डले दोस्रो खेलमो पाकिस्तानसँग १४ रनले पराजित भएको थियो ।
तर इंग्ल्यान्डले तेस्रो खेलमा बंगलादेशलाई १०६ रनले जीत्न सफल भयो ।

उता पहिलो खेलमा पाकिस्तानलाई ७ विकेटले पराजित गरेको वेष्ट इन्डिज दोस्रो खेलमा अष्ट्रेलियासँग १५ रनले पराजित भयो ।