सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई कारवाहीको माग

जेठ ३१, काठमाडौं —संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई कारवाहीको माग गरिएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा समाजवादी पार्टीका प्रदीप यादव र उमारशंकर अरगरियाले संविधान विपरित अभिव्यक्ति दिने मन्त्रीलाई कारवाहीको माग गरेका हुन् ।

संसदीय समितिको निर्देशन नमान्ने र संविधानविपरित अभिव्यक्ति दिने मन्त्रीलाई कारवाहीको घेरामा राख्न संसदमा आवाज उठाइएको हो ।

लोकसेवाको विज्ञापन खारेज हुनुपर्ने राज्य व्यवस्था समितिको निर्देशन नमान्ने मन्त्रीलाई पनि कारवाहीको घेरामा ल्याउन सांसदले सभामुख कृष्णबहादुर महरासँग आग्रह गरकेका छन् ।

सांसद अरगरियाले समावेशी सिद्धान्तविपरित ल्याएको लोकसेवाको विज्ञापनले संघीयतामाथि सांघातिक हमला भएको टिप्पणी गरे।