स्टार खेलाडी इडेन हजार्डसँग १५० मिलियन पाउण्डमा सम्झौता

जेठ ३१, काठमाडौं — स्पेनिस क्लब रियल मड्रिड र बेल्जियमका स्टार खेलाडी इडेन हजार्डविच १५० मिलियन पाउण्डमा सम्झौता भएको छ ।
चेल्सीबाट रियल आएका हजार्डले पाँच वर्षका लागि सम्झौता गरेका हुन् । स्पेनिस क्लब रियल मड्रिडले हजार्डलाई आफ्नो क्लबमा भव्य स्वागत गरेको छ ।

हजार्डलाई आफ्नो घरेलु मैदानमा करिब ५० हजार दर्शकले स्वागत गरेका छन् । हजार्ड रियल गत साता नै आउने टुंगो भएपनि मेडिकल टेष्टका कारण आइपुगेनन् ।

क्लबमा अनुबन्धित हजार्डे रियलबाट खेल्ने सोचमा थिए ।