रात्रीबस सेवा सुरु गर्ने सरकाको निर्णय फिर्ता

जेठ ३१, काठमाडौं — असार १ गते देखि काठमाडौंमा ‘रात्री बस सेवा’ सुरु गर्ने निर्णय स्थिगित भएको छ ।

रात्री बसको भाडादर कायम भई कम्पनीले रुट तय भईसकेपछि यातायात व्यवस्था विभागले बिहीबार साँझ विज्ञप्ति जारी गर्दै रात्री बस चलाउने निर्णय फिर्ता लिएको हो ।

१२ वटा कम्पनीले १८ रुटमा रात्री बस चलाउन अनुमति पाई रात्री बसको न्युनतम् भाडा २५ रुपैयाँ तोकेर सूचना निकालेको थियो ।

त्यसैगरी यातायात व्यवस्था विभागले विहिवारै विज्ञप्ति मार्फत बिहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म रिंगरोडसहित विभिन्न नाकाबाट मालवाहक सवारी चल्न नपाउने घोषित नियम पनि तत्काल लागू नगर्ने गरी स्थगित गरेको छ ।

सरकारले गाडी भाडा बढाउने र रात्री बस चलाउने निर्णयसँगै काठमाडौंमा विहानदेखि बेलुकासम्म ठूला तथा साना मालबाहक सवारीको प्रवेश तथा सञ्चालनमा रोक लगाउने निर्णय पनि फिर्ता लिएको हो ।

व्यापार, उद्योग र कलकारखानालाई घाटा हुने भन्दै व्यवसायीहरुले विरोध गरेका थिए ।