सुख्खा पहिरोमा परी मकवानपुरमा दुईजनाको मृत्यू

जेठ ३०, हेटौंडा — मकवानपुरमा सुख्खा पहिरोले पुरिएर दुईजनाको ज्यान गएको छ ।

मकवानपुरको विकट राक्सिराङ गाउँपालिका— ८ टोड्केमा सडक निर्माणका क्रममा पहरो खन्दा क्रममा सुख्खा पहिरो खस्दा पुरिएर दुईजनाको ज्यान गएको हो ।

मृत्यू हुनेहरुमा चितवन शक्तिखोरका २३ वर्षीय सुदीप श्रेष्ठ र धादिङका १७ वर्षीय रोशन बुढाथोकी रहेको मकवानपुर प्रहरीले पुष्टि गरेको छ ।

उनीहरु दुबैजना स्काभेटर (डोजर) का सहयोगी हुन् ।डोजरका चालक भने भागेर ज्यान जोगाएका छन् ।