नेकपाभित्र गृहमन्त्री रामबहादुर थापाको गुट बलियो अवस्थामा

जेठ ३०, काठमाडौं— नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र गृहमन्त्री रामबहादुर थापाको गुट बलियो मानिएको छ ।
एकता प्रक्रिया टुंगोमा पुग्नै लाग्दा पार्टी्भित्र केपी ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपालसहितका गुटमध्ये थापाको गुट निर्णायक भुमिका देखिएका हुन् ।

पार्टीमा थापा समूहमा एक सचिवालय सदस्य, दुई स्थायी कमिटी सदस्यसहित ३७ केन्द्रीय सदस्य रहेका छन् । तत्कालीन एमाले र माओवादी एकता भएदेखी नै थापाको समूह बलियो देखिएको हो ।

जनवर्गीय संगठनका बीचमा पनि थापा समूहको अवस्था बलियो नै मानिएको छ । प्रदेशमा पनि सचिव र केही जिल्लामा अध्यक्षसमेत आफ्नो पक्षमा पार्न थापा समूह सफल भएको छ । एकीकरण कार्यदलभित्र रहेका थापाको अधिकांश स्थानमा उनकै नेताहरु स्थापित भएका छन् ।

पूर्वमाओवादीको सातवटा जनवर्गीय संगठनमध्ये चारवटा थापा पक्षकै नेतृत्वमै रहेको छ । केन्द्रीय कमिटीमा थापा जता उतै पल्लाभारी हुने भएको छ ।

पार्टी्भित्र ओली, दाहाल र नेपालका गुट स्पष्ट देखिएका छन्। वामदेव गौतम र नारायणकाजी श्रेष्ठको पनि गुटगत उपस्थिति छ। तत्कालीन एमालेभित्र निर्णायक मानिएका गौतम पार्टी एकीकरणपछि भने कमजोर देखिएका छन्। उनको भूमिकामा यतिबेला थापा बलिया भएका छन् ।