‘गलबन्दी’ को भिडियो हेर्नेको सँख्या एक करोड सात लाख वढि

जेठ ३०, काठमाडौं— मौलिक लोकदोहोरी ‘गलबन्दी’ को म्युजिक भिडियोले युट्युबमाफृत एक करोड सात लाख बढी ‘भ्युअर्स’ कमाएको छ ।
सार्वजनिक भएको तीन साता नपुग्दै बुधबारसम्ममा उक्त मौलिक लोकदोहोरी ‘गलबन्दी’ को म्युजिक भिडियोले एक करोड सात लाख बढी ‘भ्युअर्स’ वढेको होे ।

ग्त जेठ ११ गते यट्युब च्यानलमा उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको थियो । सबैभन्दा वढि हेरिएको उक्त गीतको भिडियो नं ं–१ मा आएको छ भने यसको ‘टे«न्डिङ’ नं ६ मा रहेको छ । कम समयमा युट्युबमा धेरै पटक हेरिएको लोकदोहोरीमा परेको छ ।

गलबन्दीलाई प्रकाश सपुत र शान्ति श्री परियारले गाएका छन् । शब्द, सङ्गीत र भिडियो निर्देशन पनि सपुतकै रहेको छ । म्युजिक भिडियोमा सपुत र अञ्जली अधिकारीको अभिनय रहेको छ । गीतको छायाङ्कन सपुतकै जन्मघर रहेको बागलुङको धम्जामा गरिएको छ ।

सपुतको अघिल्लो वर्ष गाइएको लोकगीत ‘बोल माया’ पनि युट्युब ट्रेन्डिङ नं १ मा परेको थियो ।

परम्परागत रोधीको झल्को आउने गलबन्दीमा मौलिक शब्द, सङ्गीत र प्रस्तुतिकरणका कारण धेरै रुचाइएको पाइएको छ ।

तर गत असोजमा सार्वजनिक भएको लोकदोहोरी ‘सालको पातको टपरी’ अहिलेसम्म चार करोड ५६ लाख भन्दा बढी पटक हेरिएको गीत नै युट्युबमा सबैभन्दा बढी हेरिएको पहिलो नेपाली लोकदोहोरी मानिएको छ ।