काठमाडौं उपत्यकामा असार १ गतेदेखि रात्रिकालीन बस चल्ने

जेठ ३०, काठमाडौं— काठमाडौं उपत्यकामा असार १ गतेदेखि रात्रिकालीन बस सेवा सुरु हुने भएको छ ।  यातायात व्यवस्था विभाग र यातायात कम्पनीबीच राति ९ बजेपछि पनि गाडी छुट्ने सहमति भएको हो ।

यातायात कम्पनी, ट्राफिक प्रहरी, काठमाडौं महानगरपालिको सहमतिमा राति ९ बजेपछि बस सञ्चालन गर्न व्यवसायी सहमत भएका छन् ।

यसअघि विभागले असार १ गतेदेखि बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म उपत्यकामा मालवाहक गाडी चल्न नदिने निर्णय गरेको थियो ।
रात्रिकालीन बस सेवा सञ्चालन भएपछि उपत्यकामा २४सैं घण्टा गाडी चल्ने छन् ।

गृह मन्त्रालय र काठमाडौं महानगरपालिकाले यसको तयारी गरिरहेका छन्। काठमाडौंमा ६० लाख मानिसको बसोबास रहदै आएको छ ।
रात्रिकालीन बस सेवा सुरु भएपछि यात्रुले दिउँसोभन्दा डेढ गुणा बढी भाडा तिर्नुपर्ने हुन्छ । अहिले काठमाडौंमा सहरी क्षेत्रमा ० देखि ४ किलोमिटरसम्म १४ रुपैयाँ भाडा तोकिएको छ ।