अत्यधिक गर्मीका कारण भारतमा गुडिरहेको रेल भित्रै ४ जनाको मृत्यू

जेठ ३०, काठमाडौं— अत्यधिक गर्मीका कारण भारतमा गुडिरहेको रेल भित्रै ४ जनाले ज्यान गुमाएका छन् । नयाँ दिल्लीबाट झांसीका लागि आउदै गरेको केरला एक्सप्रेसको रेल भित्रै चार जनाले ज्यान गुमाएका हुन् ।

चार दिन अघि भ्रमणमा निस्केका ६८ जनाको समुहमा रहेका उनीहरु बनारस र आगरा घुमेर घर फर्कदै थिए । अत्यधिक गर्मीका कारण रेलमा सवार केहि यात्रुहरु बेहोस भए पछि डाक्टरहरु बोलाइएको थियो ।

डाक्टरले चारैजनाको मृत्यु भएको घोषित गरेका हुन । मृतकको शव झाँसी रेल स्टेशनबाट निकालिएको थियो ।

यस ठाँउमा गत सोमबारको तापक्रम ५० डिग्री सेल्सियस पुगेको थियो भने अहिले भारका अधिकांश क्षेत्रको औसत तापक्रम ४५ डिग्री सेल्सियस छ । इलाहाबाद, दिल्ली, लखनउ लगायतका कैयौं सहरमा ४५ डिग्री सेल्सिय माथि तापक्रम रहेको बताइएको छ ।