विश्वकप क्रिकेटमा आज न्युजिल्यान्ड र भारत भिड्दै

जेठ ३०, काठमाडौं— विश्वकप क्रिकेट खेलमा आज न्युजिल्यान्ड र भारतवीच प्रतिस्पर्धा हुदैछ । इंग्ल्यान्डको ट्रेन्ट ब्रिजमा भारत र न्युजिल्यान्डबीच दिउँसो सबा ३ बजे खेल हुदैछ ।

तीनै खेलमा जीत हासिल गरेको न्युजिल्यान्डले चौथो खेलको जितको दाउमा छ । श्रीलंकालाई १० विकेटले, दोस्रो खेलमा बंगलादेशलाई दुई विकेटले र तेस्रो खेलमा अफगानिस्तानलाई सात विकेटले पराजित गरेको थियो ।

यता भारत पनि तेस्रो जितको दाउमा छ । यसअघि पहिलो खेलमा दक्षिण अफ्रिकालाई ६ विकेटले र दोस्रो खेलमा भारतले बलियो प्रतिद्वन्द्वी अष्ट्रेलियालाई ३६ रनले पराजित गरेको थियो ।

तर यस पाली न्युजिल्यान्डको ब्याटिङ र बलिङ निकै बलियो भएका कारण भारतलाई अलि सकसै पर्ने देखिन्छ ।