भारतीय रेलमार्गमा नेपाली रेल दौड्न पाउने

जेठ २९, काठमाडौं — अब तेस्रो मुलुकबाट भारतीय रेलमार्ग हुदै नेपाली रेल दौड्न पाउने भएको छ । नेपाल—भारतबीच रेल सेवाबारे सम्झौता भएपछि भारतीय रेलमार्ग हुदै नेपाली रेल दौड्न पाउने भएको हो ।

अहिले विरगञ्जसम्म ११ वटा भारतीय रेलले नेपाली कार्गो बोक्दै आएका छन्  । नेपालको नाकासम्म आईपुग्दा वर्षमा अर्बौं रुपैयाँ भारतीय रेल्वेलले वुझ्ने गरेको छ । नेपाली रेल प्रयोग भएपछि ठूलो धनराशी विदेशिनबाट रोकिने भएको छ ।

अब नयाँ समझदारी अनुसार बिराटनगरसम्म बल्क कार्गो दुईैतर्फीरुपमै आवागमन हुने छन् । हालसम्म वीरगञ्जको सुख्खा बन्दरगाहसम्म मात्रै यस्तो बल्क कार्गो आउँछ ।

सैद्धान्तिक सहमतिका लागि कार्यविधी तयारी भएपछि मात्रै नेपाल रेल खरिद गर्ने प्रक्रिया सुरु हुनेछ ।

सैद्धान्तिक रुपमा सहमति भए पनि कुन लिगमा कतिवटा रेल नेपालले चलाउन पाउने भन्ने चाहिँ भविष्यमा तय हुने छ । यदपी बल्क कार्गो विराटनगर र भैरहवासम्म चल्ने भएपछि नेपालका व्यवसायीहरु खुशी देखिएका छन् ।