लोकसेवा आयोगको विज्ञापन खारेजी रिटको विपक्षमा सर्वोच्चको फैसला

जेठ २९, काठमाडौं — सर्वोच्च अदालतले लोकसेवा आयोगको विज्ञापन खारेज गर्न माग गरेको रिटको विपक्षमा फैसला गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले बुधबार उक्त रिटको विपक्षमा फैसला गरेको हो ।
सर्वोच्चको यो फैसलाले आयोगलाई विज्ञापन प्रक्रिया अगाडि बढाउन बाटो खुलेको छ ।

यता प्रतिनिधी सभाको राज्य व्यवस्था समितिले पनि सोमबार लोकसेवा आयोगलाई विज्ञापन प्रक्रिया स्थगित गर्न र करारमा आवश्यक कर्मचारी तत्कालका लागि नियुक्त गर्न निर्देशन दिएको थियो ।

आयोगको विज्ञापनमा समावेशी सिद्दान्त अनुरुप नभएको भन्दै सवत्र विरोध भएपछि समितिले पनि प्रक्रिया स्थगित गर्न निर्देशन दिएको थियो ।