सहमति अनुसार सरकारको नेतृत्व अघि बढ्छ — प्रचण्ड

जेठ २९, काठमाडौं — नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सरकारको नेतृत्व पुरानो सहमति अनुशार अघि बढ्ने बताएका छन् ।

भरतपुरमा प्रेस सेन्टर र प्रेस चौतारी नेपालले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सहमति उनले सो कुरा बताएका हुन् । उनले भने जुन सहमति र समझदारी साथ अघि बढेका छौं, त्यसैअनुसार अगाडी गइन्छ,’ उनले भने, ’सबैलाई थाहा भएकै कुरा हो, त्यही समतिअनुसार सरकारको नेतृत्वमा अघि बढिन्छ।’

सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक र गुठी विधेयकप्रति लक्षित गर्दै तयारी राम्रो नहुँदा विवाद आएको बताए।

लोकसेवा आयोगको विज्ञापनबारे दाहाल प्रचण्डले प्रधानमन्त्री स्वदेश फर्किएपछि निर्णय लिइने बताएका छन्।चितवनमा निमार्ण हुन लागेको गौतम बुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला बजेटका कारण निमार्ण नरोकिने बताएका छन्। उनले सरकारले सहयोग गर्ने बताए।