बर्षाका कारण विश्वकप क्रिकेट अन्तर्गत बंगलादेश र श्रीलंकाको खेल रद्द

जेठ २९, काठमाडौं — आईसीसी एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत बंगलादेश र श्रीलंकाबीच हुनु पर्ने मंगलबारको खेल पनि वर्षाले रद्द भएको छ ।
बिहानदेखि वर्षा भएपछि टस नै नभइ खेल रद्द भएको हो । जसका कारण दुवै टिमले एक,एक अंक बाँडेका थिए । जारी विश्वकपमा दुवै टिमले एक,एक खेलमा जित निकालेका छन् भने दुई खेलमा हार बेहोरेका छन् ।

श्रीलंकाले न्युजिल्याण्डविरुद्ध लज्जास्पद पराजय बेहोरेको थियो भने बंगलादेश इंग्ल्याण्डसँग १ सय ६ रनले पराजित भएको थयो । यसअघिको खेलमा बंगलादेश न्युजिल्याण्डसँग २ विकेटले पराजित भएको थियो ।