कैलाली —कञ्चनपुरमा बुधबार पनि बिहानै भीषण हावाहुरी

जेठ २९, काठमाडौं — कैलाली —कञ्चनपुरमा बुधबार पनि हावाहुरी चलेको छ । बिहानै भीषण हावाहुरीसहितको वर्षा भएपछि स्थानीय डराएका छन् ।

यस अघि गत बिहीबार साँझको भीषण हावाहुरीका कारण कैलालीमा दुईजनाले ज्यान गुमाएका थिए भने सय भन्दा धेरै घाइते भएका थिए ।
हावाहुरीले घरको पर्खाल र छानो भत्किएर बिचल्लिमा परेका छन्।

पश्चिमी वायुको प्रभावका कारण सुदूरपश्चिमका धेरैजसो स्थानमा हावाहुरी र मेघगर्जनसहित पानी परिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सुदूरपश्चिममा अबको तीन दिनसम्म ठूलो हावाहुरी चट्याङसहित पानी पर्ने भएकाले सचेत रहन विभागको आग्रह छ ।