समितिको निर्देशन वावजुद्ध लोकसेवा आयोगले दरखास्त लिईराख्यो ।

जेठ २९, काठमाडौं — विज्ञापन रद्द गर्न दिइएको निर्देशन वावजुद्ध लोकसेवा आयोगले दरखास्त लिईराखेको छ ।
स्थानीय तहका लागि खुलाइएको विज्ञापनविरुद्ध विरोधहरु भएपछि प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले विज्ञापन रद्द गर्न निर्देशन दिएको थियो ।

समितिले निर्देशन दिएको भोलिपल्ट मंगलबार देशभरीका ८ जारले विभिन्न पदमा आवेदन दिएका छन् । ५ सय १५ स्थानीय तहका ९ हजार १ सय ६१ पदका लागि आवेदन दिने प्रतिस्पर्धीको संख्या ८५ हजार ६ सय २७ पुगेको छ ।

संविधानको मर्म र भावनाअनुकुल विज्ञापन आह्वान नगरिएको भन्दै समितिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र लोकसेवा आयोग दुवैलाई समितिको निर्देशन दिएको हो ।