लण्डनमा राजकुमार ह्यारी र समकक्षी थेरेसा मेसँग प्रधानमन्त्री ओलीको भेटवाता

जेठ २९, काठमाडौं — नेपालका प्रधानमन्त्री ओलीको बेलायतका राजकुमार ह्यारी र समकक्षी थेरेसा मेसँग  लण्डनमा भेटवाता भएको छ ।

प्रधानमन्त्री ओलीलाई लण्डनको केन्सिङटन प्यालेसमा राजकुमार ह्यारीले स्वागत गरेका छन् । भेटवार्तामा नेपालको पुनर्निर्माणबारे जिज्ञासा र नेपाली जनताको प्रशंसा गरेको पाईएको छ ।

प्रधानमन्त्री ओलीले पनि नेपालप्रति बेलायतको राजपरिवारले देखाउँदै आएको सद्भावको प्रशंसा गर्दै ह्यारीलाई पुनः नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् ।

बेलायतका राजकुमार ह्यारीले नेपाल भ्रमणका वेला ०७२ साल चैत ६ मा भूकम्पपछि पुनर्निर्माणका लागि नेपालका ग्रामीण बस्तीमा आफैँ सहभागी भएर श्रम गरेका थिए ।

प्रधानमन्त्री ओलीको अहिलेको वेलायत भ्रमण नेपालबाट १७ वर्षपछि प्रधानमन्त्रीस्तरको हो । २००२ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रमण गरेको १७ वर्षपछि प्रधानमन्त्री केपी ओलीले बेलायत भ्रमण गरेका हुन् ।

तर बेलायतका प्रधानमन्त्री भने नेपाल कहिल्यै आएका छैनन् । नेपालको सबैभन्दा पहिलो कूटनीतिक सम्बन्ध बेलायतसँग स्थापित भएको हो ।