विश्वविजेता अष्ट्रेलिया र पाकिस्तानबीच आज विश्वकप क्रिकेट खेल

जेठ २९, काठमाडौं — विश्वविजेता अष्ट्रेलिया र पाकिस्तानबीच आज विश्वकप क्रिकेट खेल हुँदैछ । नेपाली समयअनुसार ३ बजेर १५ मिनेटमा द कपर एसोसिएट्स कउन्टी मैदानमा अष्ट्रेलिया र पाकिस्तानबीच सँग प्रतिस्पर्धा हुने भएको हो ।

अष्ट्रेलियाले पाकिस्तानलाई हराउने लक्ष्यमा रहेको छ भने पाकिस्तान पनि अष्ट्रेलियालाई जीत्ने दाउ गरेको छ ।
विश्वकपको सेमिफाइनलमा आजको खेल दुबै टिमका लागि दबाब पुर्ण रहेको छ ।

पहिलो खेलमा पाकिस्तान वेष्ट इन्डिजसँग ७ विकेटले पराजित भएको थियो तर दोस्रो खेलमा भने आयोजक इंग्ल्यान्डलाई १४ रनले पराजित गर्न सफल भएको थियो ।

त्यसैगरी पहिलो खेलमा अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको अष्ट्रेलियाले दोस्रो खेलमा वेष्ट इन्डिजलाई १५ रनले हराएको थियो । तर आफ्नो तेस्रो खेलमा भारतसँग पराजित भएको थियो ।