बालुवाटारमा प्रधानमन्त्रीका लागि नयाँ भवन बनाउने तयारी

जेठ २९, काठमाडौं — अहिलेको संरचना भत्काएर बालुवाटारमा प्रधानमन्त्रीका लागि २ वर्ष्भित्र नयाँ भवन बनाउने तयारी गरिएको छ ।
नयाँ भवन संरचना ४० करोड खर्चमा तयार गर्न लागिएको हो ।

निर्माण गर्न लागिएको एउटा भवनमा प्रधानमन्त्रीको निजी निवास सँगै अर्को भवनमा भेटघाट र बैठक कक्ष हुनेछन् ।

एक रोपनी क्षेत्रफलमा निजी निवास र २ रोपनी क्षेत्रफलमा सार्वजनिक भवन तयार गरिनेछ ।

सहरी विकास तथा भवन निर्माण विभागले भवन निर्माणका लागि बुधबार बोलपत्र आह्वान गर्ने तयारी गरिएको समाचारहरुमा आएको छ ।