१० हजार कोटाका लागि ८४ हजार युवाले दिए ईपीएस परीक्षा

जेठ २६, काठमाडौं — रोजगारका लागि कोरिया जानका लागि ८४ हजार बढी युवाले (ईपीएस) परीक्षा दिएका छन् । आगामी वर्षका लागि कोरियाले १० हजार ५० जना नेपाली कामदारको कोटा निर्धारण गरेकोमा ८४ हजार युवाले ईपीएस परीक्षा दिएका छन् ।

शनिबार र आइतबार गरी दुई दिनसम्म चलेको परीक्षामा ८४ हजार २ सय १५ जना सहभागी भएका हुन् । ९२ हजार ३५६ जनाले आवेदन दिएका थिए । तर ८ हजार १४१ जना अनुपस्थित रहे । अरुको नाममा परीक्षा दिन आएका १५६ जना परीक्षार्थी निष्कासित तथा पक्राउ परेको थिए ।

जसमा उत्पादनमुलक क्षेत्रमा ७ हजार ५० र कृषि क्षेत्रमा ३ हजार नेपाली कोरिया जानेछन् । परीक्षाको नतिजा नतिजा असार १३ गते आउनेछ ।