सरुवा गरेको ठाउँमा नगएपछि निलम्बित भए अधिकृत

जेठ २६, काठमाडौं — रौतहटस्थित गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन कार्की निलम्बित भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मंत्रालयले सरुवा गरेको ठाउँमा नगएको भन्दै निलम्बन गरेको हो ।

कार्कीलाई मन्त्रालयले २ महिनाको लागि निलम्बन गरेको छ । जेठ १ गते शैल्यशिखर नगरपालिका दार्चुलामा कामकाज गर्न खटाइएकोमा उक्त कार्यालयमा हाजिर हुन नजानुका साथै मन्त्रालयले तीन दिनभित्र खटाइएको कार्यालयमा हाजिर हुन लिखित रुपमा पत्राचार तथा मौखिक निर्देशन समेत बेवास्ता गरेको मन्त्रालयको दावी छ ।