जागरण अभियान सफल भएको कांग्रेसको दाबी

जेठ २७ ,काठमाडौं — एक महिने कांग्रेस जागरण अभियान सफल भएको कांग्रेसले बताएको छ ।  कागेंसले जागरणले ‘हिमाल, पहाड, तराई–मधेश राष्ट्रिय जागरण अभियान’ ले पार्टीमा नवीन ऊर्जा अभिवृद्धि गर्दै सम्पन्न भएको जनाएको छ ।
अभियान वैशाख २५ गते सुरु भई जेठ २५ मा सकिएको थियो ।पार्टी सभापति शेरबहादुर देउवाले आइतबार विज्ञप्ति जारी गर्दै अभियान सफल बनाउने शुभेच्छुक, केन्द्रीय प्रतिनिधि, जिल्ला सभापति, जिल्लादेखि वडा समितिसम्मलाई बधाई ज्ञापन गरेका छन् ।

जागरण अभियानका क्रममा प्राप्त सुझाव ग्रहण गर्दै पार्टीलाई गतिशिल बनाइने उल्लेख गर्दै अधिनायकवाद उन्मुख वर्तमान सरकारका गतिविधिविरुद्ध अघि बढ्न उनले आग्रह गरेका छन् ।