तराई–मधेस द्रुतमार्ग आयोजनाका प्रमुख शरदलाल श्रेष्ठ

जेठ २६, काठमाडौं — तराई–मधेस द्रुतमार्ग आयोजनाका प्रमुख फेरिएका छन् । नेपाली सेनाको सैनिक मुख्यालयले तराई–मधेस द्रुतमार्ग आयोजनाका प्रमुख फेरेको हो ।

आयोजना प्रमुखका रुपमा उपरथी योगेन्द्र खाँण केही समयदेखि कार्यरत थिए । आयोजना प्रमुखको जिम्मेवारी हेरफेर गर्ने निर्णय भएको सैनिक मुख्यालय बताएको छ ।

सैनिक मुख्यालयले खाँणको स्थानमा शरदलाल श्रेष्ठलाई जिम्वेवारी तोकेको छ । श्रेष्ठ नेपाली सेनाका प्राविधिक महासेनानी हुन् ।

नेपाली सेनाले जिम्मा लिएको तराई–मधेस द्रुतमार्ग निर्माण आयोजना राष्ट्रिय गौरवका आयोजनामध्ये एक मानिन्छ ।
आर्थिक वर्ष ०७८र७९ सम्म काम सम्पन्न गर्ने लक्ष्यका साथ काम अघि बढेको छ ।