कांग्रेसको एक महिने राष्ट्रिय जागरण अभियान असफल

जेठ २६, काठमाडौं — नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियान प्रभावकारी नभएको एक समिक्षा गरिएको छ ।

पार्टी शीर्ष नेतादेखि जिल्ला प्रतिनिधिसम्मकाले आगामी महाधिवेशनमा ध्यान केन्द्रित गरेकाले पहिलो चरणको एकमहिने अभियान असफल ठहरिएको हो ।

नेपाली काँग्रेसले सांगठनिक संरचना बिना वैशाख २५ गतेबाट सुरु भएको एक महिने अभियान अन्तर्गत पहिलो चरणको कार्यक्रम शनिबार सकिएको छ ।

पार्टीभित्र गुदवन्दी स्वार्थ कायम भएका कारण अभियान असफल भएको समिक्षा गरिएको छ । पार्टीको केन्द्रमा गुट मौलाएको कारण तल्लो तहसम्म असर परेको गुनासो आमनेता तथा कार्यकर्ताको गरेका छन् ।

नेपाली काँग्रेस पार्टी १४औं महाधिवेशनको तयारीमा जुट्दै छ ।