चिकित्सा शास्त्र (एमबीबीएस)अध्ययनरत अर्घाखाँचीका खनाल मृत भेटिए

जेठ २६, काठमाडौं —चिकित्सा शास्त्र (एमबीबीएस) चौंथो वर्ष पढ्दै गरेका अर्घाखाँचीका शिशिर खनाल मृत अबस्थामा भेटिएका छन् ।

काठमाडौं मेडिकल कलेजमा चिकित्सा शास्त्र (एमबीबीएस) अध्ययन गरिरहेका शिशिर खनाल कीर्तिपुरको जंगलमा शनिबार दिउसो मृत अवस्थामा भेटिएका हुन् ।

गत जेठ १७ गतेदेखि हराएका खनालको खोजीमा जुटेको प्रहरीले उनको मोटरसाइकल कीर्तिपुरस्थित पुष्पलाल पार्कमा भेटाएको थियो । तर उनी भेटिएका थिएनन् ।

कोटेश्वरमा बसी पढ्दै आएका बस्दै आएका उनी डिप्रेसनको औषधि खाँदै आएका थिए।
मृत भेटिएका खनालको प्रारम्भिक अनुसन्धानले आत्महत्या गरेको शंका महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले बताए ।

दुईवटा मोबाइल बोकेपनि खनालको फोन स्विच अफ देखिएपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए । उनको शव पोस्ट् मार्टमका लागि त्रिवि शिक्षण अस्पताल पुरयाईएको छ ।